Pages

Ads 468x60px

click here

Monday, May 20, 2013

Manpower News


मन्त्री/सचिवकै अगाडि म्यानपावर व्यवसायीले भने '९९ प्रतिशत श्रम सम्झौता नक्कली बनाउँछौं'

वैदेशिक रोजगारमा जाने कामदारलाई दिने रोजगार करारपत्र ९९ प्रतिशत नक्कली बनाउने गरेको स्वयं म्यानपावर कम्पनी (वैदेशिक रोजगार व्यवसायी) ले स्वीकारेका छन् ।
म्यानपावर कम्पनीको छाता संस्था 'नेपाल वैदेशिक रोजगार व्यवसायी संघ' का अध्यक्ष बलबहादुर तामाङले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डद्वारा आयोजित सुरक्षित वैदेशिक रोजगारका लागि सरोकारवालाहरुरुबीचको अन्तक्रिर्याम यो खुलासा गरेका हुन् ।
'हामीले कामदारलाई दिने इम्प्वाइमेन्ट कन्ट्रयाक्ट डबल (दुईवटा) हुन्छ,' तामाङले वैदेशिक रोजगार व्यवसायको १८ वर्षको अनुभव सुनाउँदै भने, 'ड्राइभरको बाहेक ९९ प्रतिशत करार प|mड नै गरेका छौं ।'
अन्तक्रिर्यामा श्रम तथा रोजगार मन्त्रालयका सचिव, सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक, अध्यागमन निर्देशक, परराष्ट्रका सहसचिव, प्रवर्द्धन बोर्ड, कानुन व्यवसायी, मेडिकल व्यवसायी, अभिमुखीकरण तालिम, सामाजिक संस्था, व्यवसायीलगायत सहभागी थिए । समापनमा  श्रम तथा रोजगार मन्त्री र त्रिभुवन बिमानस्थलका डीआईजी पनि उपस्थित थिए ।
रोजगारदाता कम्पनीले उपलब्ध गराएको मागपत्रमा जे उल्लेख भए पनि वास्तविक रोजगारदाता र कामदारबीचको करारलाई मान्यता दिनुपर्ने भन्दै नभए डबल बनाइने उनले बताए । हाल म्यानपावर कम्पनी ७ सय ६७ वटा छन् ।
वैदेशिक रोजगारमा जाने कामदारको करारपत्र नक्कली भएपछि उनीहरूले भनेअनुसारको सेवा सुविधा पाउने गरेका छैनन् । व्यवसायीले कामदारलाई एउटा करारपत्र (नक्कली) एयरपोर्टमा देखाएपछि च्यात्नु र अर्को करारपत्र (सक्कली) लुकाएर लैजानु भनेर दिने गरेका छन् । तामाङले लेबरका लागि आएको भिसामा कामदारलाई उच्चतहमा समेत पठाउने गरेको दाबी गरे । विभागले पूर्वस्वीकृत जुन पदमा निस्केको छ, त्यहीअनुसार अन्तिम स्वीकृति निकालेर पठाउनुपर्ने भन्दै आएको छ । कैयौं कामदार एउटा काम र सेवा सुविधा भनेर अर्कोमा पठाइँदा समस्यामा पर्छन् । 'एउटा काम भनेर अर्को करार बनाउन रोक्नुपर्छ,' सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक केवलप्रसाद भण्डारीले तामाङको भनाइप्रति टिप्पणी गर्दै भने, 'डकुमेन्ट प|mड गरेर कामदार पठाउन पाइँदैन ।' ठगीका प्रकृति र समाधानका उपायमाथि भएको अन्तक्रिर्यामा सहभागीहरू तामाङले उठाएको 'डबल करार'लाई कसरी रोक्ने भनेर बढी केन्दि्रत भएका थिए । 'व्यवसायीले नै ९९ प्रतिशत डकुमेन्ट प|mड छ भन्छन् भने हामीले किन अपलोड नगर्ने ?' अध्यागमन विभागका निर्देशक कमल भट्टराईले सोधे । परराष्ट्रका सहसचिव तथा नेपाल दूतावास कतारका पूर्वमिनिस्टर काउन्सिलर ऋषिराम घिमिरेले व्यवसायीले नक्कली करार बनाएर कामदार पठाउने हो भने दूतावासले प्रमाणीकरण गर्नुको अर्थ के रह्यो भन्ने प्रश्न गरे ।
अध्यागनको समेत अनुभव लिएका श्रम विभागका महानिर्देशक कृष्णहरि पुष्करले पैसाको चलखेलका कारण यो समस्या आएको बताए । विमानस्थलका डीआईजी विज्ञानराज शर्माले सादा पोसाकका 'घुमुवा पुलिस' ले दलालीको काम गरेकाले सुधारका लागि युनिर्फम लगाउने बनाइसकेको जनाउँदै भिजिट भिसामा कामदार जान खोज्नेलाई प्रहरीले रोक्दा पनि व्यर्थ भएको सुनाए । '३ दिनअघि भिजिट भिसामा रोकेको मान्छे फेरि श्रमको छाप लगाएर उडेर गए,' शर्माले भने, 'खेल पैसाको छ भन्ने सत्य हो ।'
श्रम सचिव सुरेशमान श्रेष्ठले अन्तक्रिर्याले वैदेशिक रोजगारमा देखिएका समस्याहरू उजागार भएको बताए । श्रममन्त्री हरिप्रसाद न्यौपानेले समाधानका लागि सबै लाग्नुपर्ने बताए । 'कानुनी बाधा भए मस्यौदा गखौं, नभए दायित्वबाट नचुकौं,' उनले भने, 'समस्या थाहै छ, समाधानका लागि लाग्न जरुरी छ ।'
From Kantipur

0 comments:

Post a Comment