![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguhgu4kQhtDAMJwwU6x4n0exvJbMpK6cXMDpydAEHIJ0PaYuYxuEOXfEcEzsiklZb_8fXNKHkYABQ7mVbGf8mDt8Actq1Caq4ebmOeNUAtpZrqysjKE0TyHG-_1vaFTv-pHgNmkZVt1oig/s320/Tilak-Sushil-200x148.jpg)
त्यसअघि ०६३ सालमा काङ्ग्रेसका तात्कालिक सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् सदस्य बन्न आग्रह गरेर पनि उहाँलाई उक्त भूमिका दिइएको थिएन । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक उदारवादप्रति प्रतिबद्ध डा. तिलक रावल जाति र क्षेत्रका नाममा भइरहेका अवाञ्छित गतिविधिलाई लिएर असन्तुष्ट हुनुहुन्छ । त्यही असन्तुष्टिले उहाँलाई गच्छदारको समूहबाट अलग भई काङ्ग्रेसमै सहभागी हुन प्रेरित गरेको बुझिन्छ । नेपाली काङ्ग्रेसका संस्थापक एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईको सान्निध्यमा रहेर विभिन्न भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएका डा. तिलक रावललाई पुन: काङ्ग्रेसमै सक्रिय तुल्याउने अग्रसरता काङ्ग्रेस सभापति सुशील कोइरालाले लिनुभएको हो ।
डा. रावल काङ्ग्रेसमा सक्रिय हुनुहुने भएपछि पश्चिमनेपालका बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायतका जिल्लाका स्थानीय नेता तथा कार्यकर्ता पनि काङ्ग्रेस प्रवेश गर्न उत्साहित र लालायित भएका छन् । बुधबारका दिन नै डा. रावलका साथ फोरम लोकतान्त्रिक पार्टीका संगठन विभागका केन्द्रीय सदस्य पूर्णबहादुर बुढा, महिला विभाग केन्द्रीय सदस्य शारदा बिष्ट, किसान संघका महासचिव मुम्ताज अली अन्सारी, मुस्लिम फोरम केन्द्रीय सदस्य मुसिर दर्जी, युवा फोरम जिल्ला सदस्य (कैलाली) टंक जोशी, प्रेम रावत, अछामका जिल्ला अध्यक्ष कर्णबहादुर केसी, सचिव विवेक रावल, कालीकोटका अध्यक्ष रतनबहादुर शाही, उपाध्यक्ष नेत्रप्रसाद जोशी, सचिव धीरबहादुर बिष्ट, सल्लाहकार महाजित साउद, क्षत्रीय सल्लाहकार भीमबहादुर रावल, पदमराज जोशी (कैलाली), सुर्खेत जिल्ला उपाध्यक्ष पूर्णप्रसाद धमला, कैलाली गाउा कार्यसमितिका अध्यक्ष टंक भण्डारी, महिला फोरम जिल्ला कार्यसमितिका सदस्य (कैलाली) र युवा फोरम जिल्ला कार्यसमितिका सांस्कृतिक सदस्य (कैलाली) का प्रेम भण्डारी कांग्रेस प्रवेश गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहिसक्नुभएका डा. रावलको काङ्ग्रेस पुनरागमनपछि मध्य र सुदूरपश्चिमका काङ्ग्रेसको पक्षमा अनपेक्षित माहौल बन्ने विश्वास गरिएको छ ।
झ्न सकेन । ठीक त्यसैबेला विजय गच्छदारको आग्रह स्वीकार गर्दै उहाँ संविधानसभा सदस्यको भूमिका निर्वाह गर्न राजी हुनुभएको थियो ।
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।
ReplyDelete