Pages

Ads 468x60px

click here
Showing posts with label Article. Show all posts
Showing posts with label Article. Show all posts

Sunday, May 26, 2013

Madhesh Politics

मधेसी राजनीतिमा उच्च जातको कब्जा



यसै प्रसंगमा भारतीय दूतावासले मधेसी शक्तिहरुलाई एक ठाउँमा ल्याउने प्रयास हुन थाल्यो । ब्युँत्याइएको प्रतिनिधिसभाका गैरमाओवादी ५५ सांसदलाई एक ठाउँमा बोलाएर एउटा सशक्त आन्दोलन खडा गर्ने त्यो अभियानका सहभागीहरुका अनुसार केवल नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री डा. रामवरण यादवले अस्वीकार गरे, त्यहाँ भाग लिन ।
‘म मेरो पार्टीले पठाएमात्र सहभागी हुनेछु,’ उनको जवाफ थियो दूतावासका एक उच्च अधिकारीलाई ।
त्यो बेलाका यादव र अहिले राष्ट्रपति भएका यादवको चरित्र, नैतिकता तथा अडान लिन सक्ने क्षमतामा आकाशजमिनको फरक देखा परेको छ । सम्मान हैन, समर्पणको संस्कृति अंगालेका छन् उनले अहिले व्यवहारमा ।
जे होस्, मधेसको राजनीतिले अर्कै रूप लियो । दूतावासको त्यो सक्रियतापछि मधेसका उच्च जातिका नेताहरुको नेतृत्वमा नयाँ शक्ति जन्मियो । ‘एक मधेस एक प्रदेश’को नारामा सबै आकर्षित हुने अनुमान थियो सायद । मधेसका पार्टीहरु चोइटिँदै गए । एउटाले अर्कोको अनुहार नहेर्ने राजनीतिक संस्कार अझै देखिन्छ त्यहाँ ।
शनिबार महन्थ ठाकुरको पहलमा भएको एकता अभियानमा विजय गच्छदार, महेन्द्र यादव र उपेन्द्र यादव कोही पनि गएनन् । त्यसले नै ०६३ देखि यताको मधेसको राजनीतिक त्रुटि र कमजोरी देखाउँछ । मधेसलाई काठमाडौले अहिलेसम्म हेर्दै आएको एउटा एकरूपीय भौगोलिक इकाइका रूपमा प्रस्तुत गर्दै उसको पक्षमा भावनाको लहर पैदा गर्न र मुलुकको राजनीतिमा बर्चस्व स्थापित गर्न ‘एक मधेस एक प्रदेश’के नारा अगाडि बढाइयो । त्यहाँको विविधता, धनी र गरिव, महिला र पुरुष तथा जातजातिबीचको अन्तरसम्बन्ध र दुरीलाई ठाउँ दिइएन । मैथिली, थारू, राजवंशी, अवधि र भोजपुरी भाषा तथा संस्कृतिको अस्तित्वलाई समेत स्वीकार नगरी चर्का नारा उठाइए ।
मधेसको सामाजिक तथा जातीय विविधता र विभेद निकै हदसम्म भारतको विहार र केही हदसम्म उत्तर प्रदेशसँग मेल खान जान्छ ।
सन् १९८९–९० यता ती राज्यहरूको राजनीतिमा पिछडा, महिला, दलित, अल्पसंख्यक आदिको प्रभुत्व बढेको छ र शासनमा उनीहरुको हालीमुहाली देखिएको छ, जुनसुकै पार्टी आए पनि ।
नेपाली मधेसको आकांक्षा फरक थिएन । तर, मधेस शक्तिको सुदृढीकरण र राजनीतिक समीकरण प्रयासमा खासगरी बाहुन, भूमिहार, काश्यप र केही हदसम्म राजपूतहरूलाई नेतृत्वदायी भूमिका दिइयो ।
राजेन्द्र महतो त्यो समीकरणमा अपवाद हुन् । उपेन्द्र यादव तथा विजय गच्छदारले शनिबार महन्थ ठाकुरको बैठक बहिष्कार गर्नु संयोग मात्र हैन ।

गच्छदारले सत्ता र शक्तिको विगत छ वर्षको राजनीतिमा महत्वपूर्ण ठाउँ पाए पनि मधेसमा थारू, राजवंशी आदिले आफ्नो फरक पहिचान गुमाउने खतरा बढेको छ ।
सत्ताबाट बाहिरिएपछि गच्छदारले यो बुझेका छन् ।

मधेसभित्रका विविधता र विभेदलाई संशोधन गर्ने कार्यनीति बाहिर नल्याएसम्म या त्यसमा प्रतिबद्धता नजनाएसम्म उच्च जातिको महत्वकांक्षाको भर्‍याङमात्र बन्ने छ संघीयता र ‘पहिचान’को वर्तमान नारा ।
समावेशीको नारा लगाए पनि ७२ भन्दा कम्ती स्थानमा चुनाव लड्ने पार्टीले महिलाबाहेक (एक तिहाइ) अरु जातिहरुलाई ‘समावेशी’ नीति अन्तर्गत कोटा निर्धारण गर्नु नपर्ने अडानमा मधेसका प्रभावशाली नेताहरू लागिपरेका छन् । निर्वाचन आयोग र मन्त्रिपरिषद्का लागि यो ठूलो टाउको दुखाइ भएको छ । तर, त्यो भन्दा महत्वपूर्ण कुरा राजनीतिमा पिछडाको नेतृत्व उच्च जातिलाई स्वीकार्य हुन्छ कि हुँदैन, त्यसले भोलिको राजनीति र मधेसको अधिकार प्राप्तिका लागि निर्णयहरु हुने छ ।
From: Setopati

Wednesday, May 22, 2013

Madhesh Article

डेटलाइन तराई : मधेस मोहको राजनीतिक मौसम

चन्द्रकिशोर झा

सर्लाहीको बरहथवामा नेपाली कांग्रेसले एउटा आमसभा राखेको थियो, बितेको शनिबार । बरहथवा, सर्लाहीको एउटा चल्तीको ग्रामीण बजार हो । त्यस आमसभामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू मधेस विरोधी नभएको कुरा प्रस्ट्याउनमा नै आफ्नो लामो मन्तव्य खर्चिनुभयो । उहांँले नेपाली कांगे्रस र मधेसको सम्बन्धबारे पनि विगतदेखि वर्तमानसम्मका अनेक आधार सुनाउनुभयो । केही पहिलामात्र एमाओवादी अध्यक्ष प्रचण्डले सर्लाहीकै हरिवनमा आफूलाई मधेससँंग 'लभ' परेको खुलासा गर्नुभएको थियो । एमाले नेता माधवकुमार नेपाल पुरै गम्छा भिरेर रौतहटको दौडाहामा बारम्बार देखिनुहुन्छ । एमाओवादी, नेपाली कांग्रेस र एमालेका नेताहरूको मधेसमा पटके घुमाइ बाक्लो छ । मोहन वैद्यदेखि मातृका यादव, अशोक राईदेखि अन्य नयाँ शक्तिहरू पनि अहिले यतै ओइरिएका छन् । लामो समयसम्म सिंहदरबार बास बसेका मधेसी दलका नेताहरू आफ्नो अखडामा फर्किने भई नै हाले । दल र नेताहरूको मधेसमा दौडाहामात्र भइराखेको छैन, आफू नै मधेसका सच्चा हितैषी भएको दाबी गर्ने लहर नै चलेको छ । अर्थात नेपाली राजनीतिमा अहिले मधेस मोहको राजनीतिक मौसम छाएको छ ।

एउटा ठूलो जनसंख्या बोकेको भूगोल जहांँको सामाजिक—आर्थिक स्थिति जटिल छ र असन्तुष्टि पनि त्यतिकै छ । मधेस राजनीतिक प्राथमिकतामा पर्नथाल्नु प्रथम दृष्टिमा सुखद पक्ष हो । तर मधेस छिर्ने दलहरूको योजना र मनसुवा हेर्दा त्यति उत्साहित हुने अवस्था छैन । यसका केही मौलिक कारणहरू छन् । एमाओवादीको पक्षमा यसपालि पहाडमा लहर छैन भन्ने आंँकलन गर्दै मधेसबाट त्यसको क्षतिपूर्ति लिन खोज्दैछन् । यस निम्ति उसको विगत केही वर्षदेखिको तयारी पनि हो । मधेसी दलहरूलाई आफ्नो नेतृत्वको सरकारमा बम्पर हिस्सा दिएको लाभ उसले आगामी चुनावबाट लिन खोजिरहेको छ । सिंहदरबार बासपछि तुलनात्मक रूपमा आफ्नो स्थिति कमजोर बनाएको मधेसी दल र नेतृत्व भएको मौकालाई उसले आफ्नो पक्षमा अनुवाद गर्न खोजेको छ । एमाओवादीले मधेसमा नेपाली कांग्रेस र एमाले संघीयता विरोधी हो भन्ने भ्रम छर्न सफल भएको भन्ठानेको छ । उसले मधेसी जनतामा दुइटा कुरा पस्किन खोज्दैछ- एउटा आफूविना संघीयता प्राप्ति हुन नसक्ने र अर्को उसले आफ्नै मोडलको भए तापनि संघीयता ल्याई छाड्ने । संगठन विस्तारका निम्ति उसले विभिन्न दलबाट नेता र कार्यकर्ताहरू चोर्दैछ ।

नेपाली कांग्रेसका लागि मधेसमा पुनर्बहाली चुनौतीपूर्ण छ । त्यो कुरा हालै बरहथवाको आमसभामा पनि देखियो । स्थानीय कार्यकर्ताहरूले गुटबन्दीका कुरा उठाए, केन्द्रीय नेताहरूले जिल्ला-जिल्लामा आआफ्ना विशेष पात्रलाई प्रोत्साहित र संरक्षण गरेको गनगन गरे, एक पक्षले अर्को पक्षलाई असहयोग गरेको असन्तुष्टि पोखे । मधेसमा एउटा स्तरमा नेपाली कांग्रेसको अप्ठ्यारो आफ्नै दलभित्र छ । जिल्ला-जिल्लामा स्थानीय नेताहरू एकले अर्कालाई अहिलेदेखि नै चुनाव हराउने योजनामा लागेका छन् । आफ्नो सम्भावित निर्वाचन क्षेत्रमा क्रियाशीलता देखाउनेभन्दा पनि आफ्नै दलका प्रतिस्पर्धीको निर्वाचन क्षेत्रमा असजिलो बनाइदिने दिनचर्या थपिएको छ । कुन क्षेत्रमा कुन कांग्रेसीले अन्तरघात गर्छ, त्यो खुला रहस्य नै भइसकेको छ । अर्थात एउटा कांग्रेसीले पहिला आफ्नै अर्का कांग्रेसीलाई जित्नु जरुरी छ । दोस्रो संघीयताको सन्दर्भमा आफ्नोबारे फैलाइएको भ्रमलाई चिर्नु जरुरी छ । एमाले आफ्नो चिनिएका नेताहरू अरुतिर लहसिँदै जांँदा आफैभित्रको व्यवस्थापनमा अल्भिmएको छ ।

मधेसका सन्दर्भमा यसलाई वर्गीकृत गरी राजनीतिक समीकरण बनाउने सोच बढेको छ । त्यो भनेको कोशी पारिको तीन जिल्लालाई एउटा डोकोमा राखेर मूल्याकंन गर्ने, सप्तरीदेखि पर्सासम्मलाई एउटा क्षेत्रमा, बीचको चितवनलाई फेरि अलग्गै, उत्ता नवलपरासीदेखि बांँकेसम्म एउटा तथा दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलाई एक ठाउंँमा राखेर नियाल्ने गरिएको छ । यसको पछाडिको कारण त्यो क्षेत्र विशेषको जनसांख्यिक बनोट, सामाजिक मनोविज्ञान, पछिल्लो निर्वाचनमा देखिएको रुझान तथा विगतका क्षेत्रीय आन्दोलनहरूबाट अभिव्यक्त चाहना नै हो । विशेषगरी एमाओवादी र नेपाली कांग्रेस यसै आधारमा राजनीतिक क्रियाशीलता बढाइराखेको देखिन्छ । एमाओवादीले विगतमा मधेसका ती क्षेत्रमा कम मत पाएको थियो । यसका लागि उसले निर्वाचन क्षेत्र आधारित स्थानीय समीकरण र सन्तुलनको खोजीकार्य तीव्र पारेको छ । कतिपय अवस्थामा एमालेबाट फुत्काएको जस्तो देखिए पनि कांग्रेससँंग प्रतिस्पर्धामा आउन खोज्दैछ । पर्साकै सन्दर्भमा उर्मिला अर्याल लगायतकाहरू एमाओवादीमा छिरे पनि त्यस जिल्लामा एमाओवादी कांग्रेससंँग दोहोरो वा त्रिकोणीय प्रतिस्पर्धामा चुनावी संघर्षलाई रूपान्तरित गर्न उद्यत देखिन्छ ।

मधेसी दलहरू रणनीतिको चाँजोपाँजोमै अलमलिएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले आउने शनिबार मधेसका सबै दललाई एउटै थलोमा छलफल गर्न निम्त्याएका छन् । यो प्रयास त्यसै प्रवृत्तिको परिणति हो, जस अन्तर्गत मधेसका सबै दललाई एकताबद्ध भएर आगामी चुनावमा जाने सोच राख्छ । जयप्रकाश गुप्ता, अनिल झा लगायतका नेताहरू लामो समयदेखि यस विषयमा बहस गर्दै आइरहेका छन् । अन्य दलमा पनि मधेसी दलहरू माझको सहयात्रा र सहकार्यबारे कुरा उठान हुँदै आएको हो । र यसका लागि ठाकुरले अगुवाइ गर्नुपर्ने जोड पनि हुँदै आएको हो । तत्कालै चमत्कारिक तवरले मधेसी राजनीतिमा फेरबदल हुने स्थिति छैन । तर पनि यी प्रयासहरूले चुनावको मुखसम्म एउटा आकार नलेला भन्न सकिंँदैन ।

सद्भावना पार्टीका राजेन्द्र महतो काठमाडौंमा अनशनमा बस्नुभएको छ । उहाँका कार्यकर्ताहरू मधेस र पहाडका केही जिल्लामा समेत लामो समयसम्म अनशनमा थिए । निर्वाचनको तिथि घोषणा हुनुपर्ने मुख्य माग हो । सरकारले शान्तिपूर्ण तरिकाले आन्दोलनमा बसेकालाई तत्काल सम्बोधन गर्नुपर्नेमा रहस्यपूर्ण तवरले  ढिलाइ र अलमल गर्दै आएको छ । निर्वाचनको सम्बन्धमा प्रस्टता अहिलेको मुख्य राजनीतिक चासोको विषय हो । त्यसैगरी दल दर्ताको प्रावधान, मतदाता नामावली, थ्रेसहोल्डको प्रस्ताव, संविधानसभा सदस्यको संख्या, वार्तारत सशस्त्र समूहको व्यवस्थापन लगायतका विषयमा मधेसका अन्य राजनीतिक शक्तिले समेत उठाउँदै आएका छन् । मधेसको जनसंख्यामा वृद्धि हुनु तर निर्वाचन क्षेत्र नबढ्नु अन्यायपूर्ण र अस्वाभाविक हुन्छ । यी विषयहरूमा मधेसी दलहरूमा एकता छैन । सरकारी संयन्त्रमा रहेको चार शक्तिको संयन्त्रको एउटा हिस्सा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलहरूमध्ये कसैको नरम त कसैको मुखर स्वर रहेको छ । यी सवालहरूको न्यायपूर्ण निरुपण नगरिकन मधेसमा चुनावी हिस्सेदारीलाई वैध बनाउन सकिंँदैन ।

एमाओवादी लडाकूका शिविरहरू खाली भइसकेको, वाईसीएलको विगविगी मत्थर भएको र थारु आन्दोलनमा उसको भूमिका लगायतका पक्षहरूलाई नोटिसमा राख्दै पश्चिमी थरुहट क्षेत्रमा नेपाली कांग्रेस र एमालेसंँगै मधेसी दल पनि उत्साहित भएको छ । वैद्य समूहले चुनावमा भाग लिए यसको दोहोरो असर हुन्छ । एउटा संविधानसभाको निर्वाचन प्रक्रियामा फरक धारको सहभागिता र दोस्रो एमाओवादीको मत विभाजन । विगतमा एमाओवादीले चुनाव जितेका क्षेत्रहरूमा अरु प्रतिस्पर्धी दलहरूले यस्तै स्थितिको चाहना राखेर जोड-घटाउ सुरु गरेका छन् । एमाओवादीको केन्द्रीय नेतृत्वले सप्तरीदेखि कपिलवस्तुसम्मको मधेसी जिल्लामा आफू यसपटक विस्तार हुने आत्मविश्वास बोकेको छ । तर उसलाई पनि कांग्रेसजस्तै आफैभित्रको अन्तरकलहमा अल्भिनुपरेको छ । बाहिरबाट ल्याएर जति प्रचार भएको छ, त्यसैगरी आन्तरिक व्यवस्थापन गर्न सकिएन भने त्यो त्यतिकै घातक हुन्छ ।

मधेस मोहको तात्कालिक कारण यस क्षेत्रको मतलाई आफ्नो पक्षमा लैजानु हो । चुनावी राजनीतिमा यो स्वाभाविक हुन्छ । यसरी मधेस मोहको राजनीतिक मौसमबाट फलिफाप को-को हुने हुन्, त्यो त अहिलेसम्म जनताको मनमा लुकेको छ । तर विकसित हँुदै गएको राजनीतिक घटनाक्रमले के देखाउंँछ भने चुनावमा मधेसबाट जेजस्तो अभिव्यक्ति आए पनि मधेस लामो समयसम्म स्थिर रहने स्थितिमा छैन । मधेसको राजनीतिमा छालहरू उर्लिंदै रहनेछन् । किनभने चुनावको आफ्नै सामाजिक—आर्थिक व्याकरण हुन्छ, मधेसमा ।

मधेसका बगैंचाहरूमा आंँप लटरम्म फलेको छ । कुन आंँपको स्वाद कस्तो छ, त्यो त चाखेपछि नै थाहा हुन्छ । त्यसैगरी मधेस मोहका आवरणमा छरिएका नारा र गरिएका प्रतिबद्धताहरूको स्वाद आम मधेसीले ती दल विशेषले निर्वाचनपश्चात गठन हुने संविधानसभामा खेल्ने भूमिकाबाट पाउनेछन् । विगतमा भएको मधेस विद्रोह र त्यसको पुरकको रूपमा सम्पन्न भएको अन्य पहिचानधर्मी आन्दोलनहरूले खोजेको परिवर्तन र चाहेको प्रभुसत्ता प्राप्ति हुन्छ कि हँुदैन, त्यसमा नै मधेसको भावी राजनीति तय हुन्छ । चुनाव एउटा प्रक्रिया हो, त्यो आफ्नै किसिमले पुरा हुन्छ । तर मधेसमा एउटा स्थिरताको विकास होस् भन्ने अपेक्षा राख्नेहरूले यो 'मोह' भित्रको नियतलाई बुझ्ने र बुझाउने प्रयत्न चुनावपूर्व गर्नसके यसले केन्द्रीय राजनीतिको सन्तुलनलाई समेत प्रश्रय दिन्थ्यो ।

साभार ः कान्तिपुर

Tuesday, May 21, 2013

Sadbhawana Chair Mahato on fast-unto-death


मधेसी मोर्चाको आत्महत्यापछि राजेन्द्र महतो आमरण अनसनमा 


तुलानारायण साह
आज दिउँसो २ बजेदेखि काठमाण्डौको रत्नपार्क स्थित शान्तिबाटिकामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आमरण अनसनमा बस्नुभएको छ । संविधानसभा निर्वाचनको तिथि मिति घोषणा हुनुपर्ने उहाँको मुख्य माग हो । 

संविधानसभा अवसान भएको वर्ष दिन पुग्न ठीक एक साता बाँकी छँदा महतोजी आमरण अनसनमा बस्नु भएको हो । सबैलाई पुनः सम्झना होस्, गत जेठ १४ मा संविधानसभाको अवसान हुँदा मधेसी मोर्चामा सम्मिलित सबै दलका अध्यक्षहरू(तमलोपा बाहेक) मालदार मन्त्रालयका मन्त्री थिए । त्यतिबेलाका सरकारले मंसिर ७ गते निर्वाचन गर्ने घोषणा गरेका थिए । तर, मंसिर ७ आउनु धेरै अघि नै कमरेड प्रचण्डको अध्यक्षतामा गठित तात्कालिन सत्ताधारी दलहरूको मोर्चामा मधेसीमोर्चा पनि सहभागी भएर निर्वाचनको मिति घोषणा नभएसम्म सत्ता नछोड्ने उद्घोष गरेका थिए । आखिर चैत १ गते राजेन्द्र महतो र मधेसी मोर्चा सहितको सहमतिमा खिलराज रेग्मी नेतृत्वको गैरराजनैतिक, तथाकथित स्वतन्त्र सरकारको गठन भयो । असारमै निर्वाचनको डिङ्ग हान्थे मधेसी नेताहरूले तर आज आएर मंसिरसम्ममा निर्वाचन गराउने तिथि मिति सहितको प्रतिबद्धता खोज्दै राजेन्द्र महतोले आमरण अनसन थाल्नुभएको छ । यस अघि विभिन्न २२ जिल्लामा सद्भावनाका ८८ कार्यकर्ता तथा नेताहरू हप्तौं आमरण अनसन बसिसकेका छन् । 

मैले आज ३ बजे उहाँलाई शान्तिबाटिकामा भेट्न गएको थिएँ । स्वर्गीय गजेन्द्र नारायण सिंहको पार्टीको नेताको रूपमा मैले उहाँलाई शुभकामना पनि दिएको छु । सँगै त्यतिबेला तपाईंहरूलाई तथाकथित स्वतन्त्र, निर्दलीय सरकार गठनमा सहमति जनाउनु भनेको मधेसी मोर्चाले आत्महत्या गर्नु सरह हुनेछ भनेको स्मरण गराउँदा उहाँ हास्नुभयो । मैले फेरी सोधेँ, तपाईको मधेसी मोर्चा अचेल कहाँ छ ? तपाई मधेसी मोर्चामा हुनुहुन्छ कि छाड्नुभयो ? उहाँ फेरी हाँस्दै भन्नुभयो, मलाई पनि थाहा छैन मोर्चा जीवित छ कि मरिसक्यो । मैले उहाँलाई अझसम्म कन्फ्युजन मै रहेको पाएँ । 

मेरो मनमा खेल्यो – निर्वाचनको मिति घोषणाको लागि मधेसी नेताहरु आमरण अनसन बस्नुपर्ने दिन आयो । निर्वाचन गराउन, निश्पक्ष परिणाम हेर्न र त्यसपछि सङ्घीयता एवं राज्य पुनर्संरचना प्राप्त गर्न के–के गर्नुपर्ने छ, हेर्दै जाऊँ । यति सम्झिरहँदा गत फेब्रुरीमा आफ्नो फेसबुकमा गरेको एक पोष्ट सम्झेँ । साथीहरूको लागि फेरी सेयर गर्दैछु । 
मधेसी मोर्चाले सत्ताधारी गठबन्धनबाट न अलग्गीएका कारण आज यो दिन आएको हो । 

शासन प्रणाली र राज्य प्रणालीको संयुक्त क्रियाशिलताबाट मुलुक संचालन हुने हो । जुनै दलको भएपनि निर्वाचन मार्फत राजनीतिज्ञहरु शासनमा पुग्ने हो । राजनीतिज्ञहरु शासनमा पुग्नकालागी दुईटा बाटाहरु हुन्छन् । स्थानिय निर्वाचन र केन्द्रिय विधायीकाको निर्वाचन । हामी कहाँ १५ बर्षदेखी स्थानिय निर्वाचन भएको छैन । गत जेठ देखी केन्द्रिय विधायीका विहिन भएका छौँ । राजनीतिज्ञहरुको नियन्त्रणमा केवल अहिलेका मंत्रीपरिषद छ जुन अब भंग हुदै छ रे !
राज्य प्रणाली मुलभुतरुपमा प्रशासन, सुरक्षा निकाय, न्यायलयले चलाउने हो । त्यसका सहयोगी अंगहरु विदेशी समुदाय, ब्यापारी बर्ग र मिडिया हुने गर्दछ । आज भोली चर्चामा रहेको सेवानिवृत न्यायधीस र प्रशासकहरुको सरकार भनेको विद्दीमान राज्य प्रणालीकै दाजु सरह हुनेछ । त्यसैले नेपालको शासन प्रणाली पनि राज्य प्रणाली संचालकहरुकै दाजुहरु सरहको हातमा पर्नेछ । राजनीति गर्नेले के गर्ने ? डेमोक्रेसीमा होईन मेरिटोक्रेसीमा मात्र यस्तो हुन्छ । 

म मधेसी अधिकारकर्मी अवश्य हुँ तर पहिला म एक डेमोक्रेट हुँ । नेताहरुमा झगडा हुँदैमा त्यसको विकल्प गैर नेताको हाथमा शासन सत्ता जानुहुदैन । त्यसकारण मंसीर ७ मा निर्वाचन गराउन नसकेपछि मधेसी मोर्चाले सत्ता छोडनु पर्ने मेरो धारणा रहेको थियो र छ । कुनै पनि पुर्बप्रशासक वा न्यायलयका मानिस भन्दा जो नेता भए पनि हामीले प्रधानमंत्रीमा स्वीकार गर्नु पथ्र्यो किनभने नेतालाई जनताप्रति जवाफ देही हुनुपर्ने बाध्यता हुन्छ । त्यसो नगरेको कारण मोर्चा आत्महत्याको बाटोमा लागेको भनेको हुँ !!!!!!!
साभार ः फेसवुक

Monday, May 20, 2013

Madhehi Party Article

मधेसका तीन ‘मसिहा’ भिन्नै मोर्चाको तयारीमा

मधेस एकता जिन्दावाद भन्दै, पार्टी फुटाउँदै

मधेस केन्द्रित दलहरुबीच एकता र मोर्चाबन्दीको नारा जति चर्कोसँग उठेको छ, त्यसको प्रयास भने कमजोर बन्दै गएको छ । आगामी संविधानसभाको चुनावमा एउटै मधेसी मोर्चा बनाउने चर्चा चलाइए पनि व्यवहारतः तीन मधेसी नेताका तीनवटा बग्लै मोर्चा बनाउने कसरत शुरु भएको छ । मधेसमा मोर्चाबन्दीका प्रस्तावकहरु कमजोर बन्दैछन् भने दलहरु एकअर्कालाई खुइल्याउन र आफूलाई नै मधेसको मसिहाका रुपमा दाबी प्रस्तुत गर्नमै व्यस्त छन् । मधेसी दलहरुलाई नजिकबाट नियाल्नेहरु मधेस एकता र वाम एकताको नारा उस्तै भएको बताउँछन् । 
‘अघिल्लो संविधानसभा निर्वाचन हुँदा ३/४ बटा रहेका मधेसी दलहरु अहिले २० भन्दा बढी भइसके’ एमाले सल्लाहकार समेत रहेका मधेसका बुद्धिजीवी शीतल झाले अनलाइनखबरसँग भने-’मधेसवादी दलहरुको एकता र वाम एकता उस्तै भयो । मधेस एकता जिन्दावाद भनेर मुड्की बजार्दा पार्टी फुट्छ ।’ मधेसी नेताका अनुसार आगामी संविधानसभाको चुनावमा मधेसवादी दलबीच एउटा हैन, तीनवटा मोर्चाको सम्भावना बढेको छ ।

पहिलोः उपेन्द्र यादवको नेतृत्वमा हालै एउटा मोर्चा छ । मधेसी र जनजातिका ८ पार्टी संलग्न रहेको संघीय लोकतान्त्रिक मोर्चामा केही मधेसवादी दल थपिनेछ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी यसमा जाने लगभग पक्काजस्तो छ । महतोले विजयकुमार गच्छदार र महन्थ ठाकुरको नेतृत्व स्वीकार नगर्ने बताइसकेका छन्, उनको नेतृत्व कसैले स्वीकार गर्ने अवस्था छैन, यस्तोमा उपेन्द्रको नेतृत्वमा मोर्चाबन्दी गर्नुको विकल्प महतोसँग छैन ।

दोस्रोः महन्थ ठाकुरले मधेसवादी दलहरुको एउटै उम्मेदवार र एउटै चुनाव चिहृन राखेर चुनाव जाने प्रस्ताव अघि सारे पनि ठूला दलहरुले अस्वीकार गरेका छन् । अब उनीसँग केही साना दलहरुलाई मिलाएर मोर्चा बनाउने विकल्प मात्र बाँकी छ । जेपी गुप्ता संयोजक रहेको तराई मधेस राष्ट्रिय अभियान र अनिल झाको संघीय सद्भावना पार्टीले महन्थको छहारी स्वीकार गरिसकेका छन् ।

तेस्रोः विजयकुमार गच्छदारलाई उपेन्द्र र महन्थले नेतृत्वमा स्वीकार गर्ने अवस्था छैन । उनी स्वयंम अरुको नेतृत्व मान्ने पक्षमा छैनन् । त्यसैले केही साना दलहरुलाई लिएर मोर्चाबन्दी गर्ने उनको तयारी छ । जसमा राजकिशोर यादवको फोरम गणतान्त्रिक र महेन्द्रको तमलोपा नेपाल जाने सम्भावना रहेको स्रोतले बताएको छ ।
कसरी बन्ला एउटै मधेसी मोर्चा ?
हरेकपटक सरकार बन्दा कुनै न कुनै मधेसी दलमा फुट भएकै छ । मधेस आन्दोलनबाट मधेसको सबैभन्दा ठूलो र राष्ट्रिय राजनीतिमा चौथो शक्ति बनेर आएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम तीन चिरा भएको छ । साना-साना टुटफुट त उसले धेरैपटक व्यहोरिसकेको छ । फोरमबाट फुटेर बनेको फोरम लोकतान्त्रिक र गणतान्त्रिक दुबैले विभाजनको पीडा भोगिसकेका छन् ।

संविधानसभाको पहिलो निर्वाचनअघि कांग्रेस छाडेर महन्थ ठाकुरले गठन गरेको तराई मधेस लोकतान्त्रिक पार्टी पनि लामो समयसम्म एक रहन सकेन । महेन्द्र यादवले तमलोपा नेपाल गठन गरेका छन् भने साना साना फुट उसले पनि भोगेको छ । सबैभन्दा पुरानो पार्टी सद्भावना कति पटक फुट्यो गन्न पनि हम्मे-हम्मे पर्ने अवस्था छ ।

‘हरेकपटक सरकार बन्दा मधेसवादी पार्टीहरु नै फुट्नु सबैभन्दा दुःखद कुरा हो’ अर्का मधेसी नेता जेपी गुप्ता भन्छन्- ‘अहिले हामीले मोर्चाबन्दीको प्रस्ताव अघि सारेका छौं । तर, एउटै मोर्चाबन्दीको सम्भावना अब लगभग समाप्त भएको छ ।’