Pages

Ads 468x60px

click here
Showing posts with label World News. Show all posts
Showing posts with label World News. Show all posts

Friday, June 14, 2013

माओवादी आक्रमणमा परेका भारतका पूर्वमन्त्री विद्याचरण रहेनन्

एजेन्सी ।  भारतको छत्तिसगढ राज्यमा हालै भारतीय माओवादी आक्रमणमा परेर घाइते भएका कांग्रेस आईका वरिष्ठ नेता तथा पूर्व केन्द्रीयमन्त्री विद्याचरण शुक्लको मंगलबार निधन भएको छ । ८४ वर्षिय नेता शुक्लको उपचार विगत १७ दिनदेखि गुडगाँवस्थित मेदान्त अस्पतालमा चलिरहेको थियो ।
२ अगस्त १९२९ मा भारतको रायपुरमा जन्मेका शुक्ल विगत ५७ वर्षदेखि निरन्तर राजनीतिमा थिए भने छत्तिसगढको राजनीतिमा उनी एक धुमकेतुकै रपमा थिए । सन् १९५७ मा कांग्रेस पार्टीका तर्फबाट लोकसभा सदस्यमा निर्वाचित शुक्ल १९६६ मै इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री थिए भने भारतीय कांग्रेस आईको उनी एक वरिष्ठ नेता थिए ।

मण्डेला फेरि अस्पतालमा

एजेन्सी । स्वास्थ्यस्थिति गम्भीर बनेपछि दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई अस्पताल भर्ना गरिएको छ । केही महिना यता उपचारका लागि पटक पटक अस्पताल लगिने गरिएका नोबल शान्ति पुरस्कार विजेता ९४ वर्षिय  मण्डेलाको अवस्था यसपटक थप चिन्ताजनक रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् । पछिल्ला दिनमा मण्डेला छातीको इन्फेक्सनबाट पिडित भएका छन् ।
उनलाई गम्भिर अवस्थामा प्रिटोरिया अस्पतालमा भर्ना गरिएको राष्ट्रपति ज्याकोब जुम्बाको कार्यालयलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । बताइएअनुसार उनको अवस्था गम्भीर र स्थिर रहेको छ । राष्ट्रपति कार्यालयले आफ्नो वक्तव्यमा भनेको छ, ‘मण्डेलालाई उच्च तहको मेडिकल उपचार दिइरहेको छ । डाक्टरहरुले उनको स्वास्थ अवस्था सुधार्नका लागि हर सम्भव कोशिस गरिरहेका छन् ।’
राष्ट्रपति जुमाले सरकार तथा राष्ट्रको तर्फबाट मण्डेलाको स्वास्थको कामना गरिरहेका छन् । यस अगाडि मार्च महिनामा पनि छातीको इन्फेक्सनका कारण उनी अस्पताल भर्ना भएका थिए ।
मण्डेलाका परिवारजनले स्वास्थका बारेमा सञ्चार माध्यमहरुलाई धेरै खबर बाहिर नल्याउन आग्रह गरेको पनि राष्ट्रपति जुमाले जनाएका छन् ।
मण्डेला जेलमा लामो समय बसेका कारण उनलाई जेलबाटै टिबी रोग लागेको थियो । उनलाई दक्षिण अफ्रिकाले आफ्ना राष्ट्रपिताको रुपमा स्वीकार गरेको छ ।

Saturday, May 18, 2013

ओजोन विनाश पत्ता लगाउने वैज्ञानिकको निधन

ओजोन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाउने बेलायती वैज्ञानिक जोए फरम्यानको निधन भएको छ । केही समयदेखि विरामी
भएर थलिएका ८२ वर्षीय फरम्यानको निधन भएको बीबीसीले जनाएको छ । जोएको ७ अगष्ट १९३० मा जन्म भएको थियो ।

बेलायती अन्र्टार्कटिक र्सर्भे अभियानका सदस्य समेत रहेका जोसेफ चार्ल्स फरम्यानले अन्र्टार्कटिकका माथिको ओजन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाएका थिए । उनले ब्रेन गार्डर तथा जोन शांकलिनसँगै मिलेर ओजन विनाशको बारेमा सन् १९८५ मे १६ का दिन एक शोध प्रकाशित गरेका थिए । जसले ठूलो तहल्का मच्चाउन सफल भएको थियो ।
क्लोरोफ्लोरो कार्वनयुक्त तत्वहरुका कारण ओजन तह विनाश भैरहेको र ओजन तह विनाश हुँदा सूर्यका परावैजनी किरण पृथ्वीमा आइ त्यसले जिवजन्तु तथा वनस्पतीको विनाश गर्ने कुरा पहिलोपटक सोही शोधमा उल्लेख गरिएको थियो ।
सन् १९९० मा अन्तिम पटक अन्र्टार्कटिकाको भ्रमणमा गएसँगै जोएले वैज्ञानिक शोधको कार्यबाट सन्यास लिएका थिए ।
ओजन तह अक्सिजनका तिनवटा अणु मिलेर बनेको ओजन ग्यासको एक तह हो जुन वायुमण्डलको १६ देखि २५ किलोमिटर सम्म पाइन्छ । यसले र्सर्ूयबाट आउने परावैजनी किरणलाई रोक्ने गर्छ ।