Pages

Ads 468x60px

click here

Saturday, May 18, 2013

ओजोन विनाश पत्ता लगाउने वैज्ञानिकको निधन

ओजोन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाउने बेलायती वैज्ञानिक जोए फरम्यानको निधन भएको छ । केही समयदेखि विरामी
भएर थलिएका ८२ वर्षीय फरम्यानको निधन भएको बीबीसीले जनाएको छ । जोएको ७ अगष्ट १९३० मा जन्म भएको थियो ।

बेलायती अन्र्टार्कटिक र्सर्भे अभियानका सदस्य समेत रहेका जोसेफ चार्ल्स फरम्यानले अन्र्टार्कटिकका माथिको ओजन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाएका थिए । उनले ब्रेन गार्डर तथा जोन शांकलिनसँगै मिलेर ओजन विनाशको बारेमा सन् १९८५ मे १६ का दिन एक शोध प्रकाशित गरेका थिए । जसले ठूलो तहल्का मच्चाउन सफल भएको थियो ।
क्लोरोफ्लोरो कार्वनयुक्त तत्वहरुका कारण ओजन तह विनाश भैरहेको र ओजन तह विनाश हुँदा सूर्यका परावैजनी किरण पृथ्वीमा आइ त्यसले जिवजन्तु तथा वनस्पतीको विनाश गर्ने कुरा पहिलोपटक सोही शोधमा उल्लेख गरिएको थियो ।
सन् १९९० मा अन्तिम पटक अन्र्टार्कटिकाको भ्रमणमा गएसँगै जोएले वैज्ञानिक शोधको कार्यबाट सन्यास लिएका थिए ।
ओजन तह अक्सिजनका तिनवटा अणु मिलेर बनेको ओजन ग्यासको एक तह हो जुन वायुमण्डलको १६ देखि २५ किलोमिटर सम्म पाइन्छ । यसले र्सर्ूयबाट आउने परावैजनी किरणलाई रोक्ने गर्छ ।

0 comments:

Post a Comment