खोटाङ, ३१ जेठ ।
आफैँले पढाएको छात्रासँग दोस्रो विवाह गर्न लागेको आरोपमा खोटाङमा एक
प्राध्यापकलाई शिक्षण पेसाबाट हटाइएको छ। आफैँले पढाएको छात्रासँग दोस्रो
विवाह गर्न लागेको आरोपमा व्यवस्थापन समितिले सिम्पानीस्थित सिम्पानी
क्याम्पसका प्राध्यापक ईश्वर लम्साललाई शिक्षण पेसाबाट हटाएको हो। बतासे–२
इजाराका ३८ वर्षीय लम्सालले सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत
छात्रासँग दोस्रो विवाह गर्न लागेको आरोपमा पेसाबाटै हटाइएको विद्यालय
व्यवस्थापन समितिले जनाएको छ।क्याम्पसमा कार्यरत अन्य प्राध्यापक र विद्यार्थीको दबाबपछि कारबाहीस्वरुप प्राध्यापक लम्साललाई पदबाट हटाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर थापाले बताउनुभयो। लम्सालकी जेठी श्रीमती, एक छोरा र एक छोरी छन्।
रासस