Pages

Ads 468x60px

click here
Showing posts with label Literature. Show all posts
Showing posts with label Literature. Show all posts

Friday, June 14, 2013

केसीको यौन उपन्यास

युवकको यौनकुण्ठालाई अक्षरमार्फत छताछुल्ल पारेका छन् दिपेश केसीले। किशोरदेह पुस्तकले आधुनिक किशोरहरूको पहिचान सङ्कटलाई उजागर गरेको छ। यौनकुण्ठाले छटपटिएका किशोर परम्परागत समाजको मूल्य–मान्यतासँग जुधिरहेको विषयलाई पुस्तकले समेटेको छ।
किशोर उमेरको उत्सुकता र अराजक स्वभाव समेट्दै यौन मामलामा ढोंगी समाजलाई चुनौती दिइएको छ। फ्रायडवादबाट प्रभावित पुस्तक दार्शनिक विचारहरूले भरिएको छ। ब्रोदर्श प्रकाशन प्रा.लि.ले यसै साता बजारमा ल्याएको पुस्तक चर्चामा छ। खोक्रा आदर्श र ढोंगी विचारले भरिएका लेखरचना थोपरिने प्रवृत्तिमाथि चुनौती थपिइरहँदा किशोरदेहले समाजको चिरफारको साहस देखाएको छ। युवा, अपराध र यौन विषयमा कलम चलाउँदै आएका केसी पुस्तक चर्चामा पुगेपछि उत्साही छन्। उनको अपराधसम्बन्धी अनुसन्धानमूलक तीनवटा पुस्तक बजारमा आउँदै छन्।