Pages

Ads 468x60px

click here

Monday, May 20, 2013

Relationship Article


पैंसट्ठी हजारमा सम्बन्धबिच्छेद

सप्तरीको पकरी गाविस–७ चिम्टीका २७ वर्षीय रञ्जितकुमार दासले पत्नीलाई जम्मा ६५ हजार नगद रुपैयाँ उपलब्ध गराए पछि जिल्ला अदालतमा दुईबीच सम्बन्धबिच्छेद भएको छ ।
अंश र क्षतिपूर्तिबापत २२ वर्षीया पत्नी अञ्जनीकुमारी दासलाई पति रञ्जितले ६५ हजार रुपैयाँ दिएपछि दुवैको मिलापत्रमा सम्बन्धबिच्छेद भएको जिल्ला बार एशोसियसन सप्तरीका अध्यक्ष केशवप्रसाद दासले बताए ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश ईश्वरराज आचार्यको इजलासले मिलापत्रमा सम्बन्धबिच्छेद गर्ने निर्णय गरेको हो ।
विवाह गरेको चार महिनादेखि नै पति रञ्जितले चरित्रमाथि शङ्का गरी शारीरिक तथा मानसिक यातना दिएको भन्दै अञ्जनीले सम्बन्धबिच्छेद गरी पाउँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
दुई वर्षअघि ०६८ जेठ १८ गते विवाह गरेका रञ्जितले पत्नी अञ्जनीको चरित्रमाथि शङ्का गर्दै ०६८ फागुन ९ गते घरबाट निकाले पछि उनी शम्भुनाथ गाविस–५ सिरकजरीस्थित माइतको शरणमा बस्दै आएकी थिइन् ।
from kantipur

0 comments:

Post a Comment