युवकको यौनकुण्ठालाई अक्षरमार्फत छताछुल्ल पारेका छन् दिपेश केसीले।
किशोरदेह पुस्तकले आधुनिक किशोरहरूको पहिचान सङ्कटलाई उजागर गरेको छ।
यौनकुण्ठाले छटपटिएका किशोर परम्परागत समाजको मूल्य–मान्यतासँग जुधिरहेको
विषयलाई पुस्तकले समेटेको छ।किशोर उमेरको उत्सुकता र अराजक स्वभाव समेट्दै यौन मामलामा ढोंगी समाजलाई चुनौती दिइएको छ। फ्रायडवादबाट प्रभावित पुस्तक दार्शनिक विचारहरूले भरिएको छ। ब्रोदर्श प्रकाशन प्रा.लि.ले यसै साता बजारमा ल्याएको पुस्तक चर्चामा छ। खोक्रा आदर्श र ढोंगी विचारले भरिएका लेखरचना थोपरिने प्रवृत्तिमाथि चुनौती थपिइरहँदा किशोरदेहले समाजको चिरफारको साहस देखाएको छ। युवा, अपराध र यौन विषयमा कलम चलाउँदै आएका केसी पुस्तक चर्चामा पुगेपछि उत्साही छन्। उनको अपराधसम्बन्धी अनुसन्धानमूलक तीनवटा पुस्तक बजारमा आउँदै छन्।
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।
ReplyDelete