Pages

Ads 468x60px

click here

Thursday, June 13, 2013

एमाओवादीमा अमिक र दीनानाथ आउट हुने



नारायणकाजीलाई ६५ वर्षे उमेर हदको फाइदा


Amik-Sherchan-ra-Dinanath-Sकाठमाडौं । एकीकृत नेकपा माओवादीमा महरा कार्यदलले प्रस्तुत गरेको ६५ वर्षे उमेर हद पारित भएको खण्डमा यसको सबैभन्दा पहिलो शिकार बरिष्ठ नेता अमिक शेरचन र दीनानाथ शर्मा बन्नु हुनु भएको छ । उपाध्यक्ष दाबी गरिरहनुभएका शेरचन र स्थायी कमिटीको बरिष्ठमा स्वतः पर्न लाग्नुभएका शर्मा अहिल्यै ६५ वर्ष कटिसक्नुभएको छ । कृष्णबहादुर महराको कार्यदलले तयार पारेर आइतबार केन्द्रीय समितिमा प्रस्ताव गरेको ८ पृष्ठ लामो प्रतिवेदनमा ६५ वर्ष कटेपछि सक्रिय राजनीतिबाट अवकाश लिई नयाँलाई ठाउँ छाड्नुपर्ने उल्लेख छ । बिहीबारबाट पुनः आयोजित बैठकले कार्यदलको यो प्रस्तावलाई पारित गरेको खण्डमा शेरचन र शर्माले एमाओवादीको सक्रिय राजनीतिबाट हात धुनुपर्ने उहाँहरुको बायोडाटाले देखाएको छ ।

एमाओवादीले हितराज पाण्डेको संयोजकत्वमा सम्पूर्ण नेताहहरुको वायोडाटा र जन्म मितिसमेत उतार गरी केन्द्रीय समितिमा पेश गरेको छ । पाण्डेको प्रतिवेदन करिब अढाइ सय पृष्ठको छ । उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यका साथै सम्भावित सदस्यहरु अर्थात् राज्यसमितिका सदस्यहरुको समेत कार्यसम्पादन विवरण उतार गरिएको छ ।
पाण्डेको प्रतिवेदन अनुसार पूर्वशिक्षामन्त्री दीनानाथ शर्माको उमेर ६७ वर्ष पुग्दैछ । शर्मा विसं २००३ साल साउन ३ गते जन्मनुभएको हो । त्यसैगरी प्रचण्डलाई कम्युनिष्ट पार्टीको सदस्य बनाउने बरिष्ठ नेता अमिक शेरचनले पनि महरा कार्यदलको उमेर हद लागू भएमा शर्माले जस्तै केन्द्रीय कमिटीबाट विदा लिनुपर्ने पक्कापक्की छ । शेरचन शर्माभन्दा ३ वर्ष जेठो हुनुहुन्छ । उहाँ अहिल्यै ७० वर्ष कटिसक्नुभएकाले ६५ को साटो ७० वर्षे कार्यकाल लगाइए पनि उहाँ कमिटीमा बस्न पाउनुहुन्न ।
कुन नेताको अवकाश कहिले ?
०६५ वर्षे कार्यकाल लागू भएको खण्डमा केन्द्रीय समितिमा रहेका कमैमात्रै नेताहरु तत्कालै हट्नुपर्ने अवस्थामा पुग्ने छन् । तर,प्रचण्ड र बाबुराम भट्टाई भन्दा एकवर्षअघि नै महासचिव पोष्टबहादुर बोगटीले विदाइको झोला बोक्नुपर्ने हुन्छ । विसं २०११ सालमा जन्मेका प्रचण्ड र सोही सालमा जन्मेका डा. बाबुराम भट्टराईले अवकाश पाउन ६ वर्ष बाँकी छ भने महासचिव पोष्टबहाुदर बोगटीको कार्यकाल ५ वर्षमात्रै छ ।
६५ वर्षे हदम्याद लागू गर्दा अबको ६ वर्षपछि एमाओवादीका शीर्ष नेतामध्ये प्रचण्ड, बाबुराम, हरिबोल गजुरेल र नारायण दाहाल बाहिरिने छन् । त्यसपछि सबैभन्दा ठूलो फाइदा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई हुने छ । विसं २०१६ सालका अविवाहित श्रेष्ठ बरियताको हिसाबले त्यसबेला एमाओवादीको अध्यक्षको एकमात्र दाबेदार बन्नुहुनेछ । श्रेष्ठभन्दा १ वर्ष जेठा कृष्णबहादुर महरा पनि बाबुराम र प्रचण्डको बहिर्गमनपछि शक्तिशाली बन्नुहुनेछ । महरासँगैका अर्थात् विसं. २०१५ सालका गिरिराजमणि पोखरेल र ०१४ सालका अग्नी सापकोटाको प्रभाव त्यसबेला निणर्ायक बन्ने सहजै अनुमान लगाउन सकिन्छ । विसं २०१६ सालका लेखराज भट्टका लागि पनि शक्तिमा आउने आधार बन्छ । त्यसबेला बाबुराम भट्टराई भन्दा ५ वर्ष कान्छी हिसिला यमीको पनि प्रभाव बढ्ने निश्चित छ ।
पेरिसडाँडामा तयार पारिएको बायोडाटा अनुसार प्रचण्ड र बाबुरामको अवकाशपछि श्रेष्ठ, महरा, सापकोटा र गजुरेलले पनि ४/५ वर्ष अर्थात एक कार्यकालमात्रै पार्टी हाँक्न पाउनेछन् । त्यसपछिको पालो भनेको ०१८ सालका टोपबहादुर रायमाझी, ०२२ सालका गोपाल किराती, ०१८ सालका झक्कु सुवेदी र ०२८ सालका वर्षमान पुन (अनन्त)ले एमाओवादी पार्टी हाँक्नुपर्ने अवस्था आउनेछ ।
६५ वर्षे उमेर हद लागू भए एमाओवादीका १६ नेताको कार्यकाल यस्तो रहनेछ :

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete