Pages

Ads 468x60px

click here

Thursday, June 13, 2013

यस्तो छ प्रचण्डको ६ पन्ने उत्पादन योजना

हल्लाअनुसारको कार्यक्रम आएन 



काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले ललितपुरको ठेचोमा गुप्तबास बसेर बनाएको उत्पादन तथा निर्माणसम्बन्धी ६ पन्ने कार्यक्रम फेला पारेको छ । आइतबारबाट पेरिसडाँडामा सुरू भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत उक्त दस्तावेजमा पुरानै कुरा दोहोर्याउन बाहेक कुनै नयाँ कार्यक्रम भने समेटिएको छैन ।

prachandaप्रचण्डद्वारा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई जेठ ३० गतेसम्मको समय दिइएको छ । केन्द्रीय सदस्यहरुको सुझावपछि दस्तावेजमा थपघट गरिने नेताहरुले बताएका छन् ।


हेटौडा महाधिवेशनले उत्पादनसम्बन्धी नयाँ कार्यनीति ल्याएको भन्दै निकै ठूलो होहल्ला गरिएको भए पनि प्रचण्डको दस्तावेजमा त्यस्तो उत्पातै मच्चाउने कार्यक्रम समेटिएको छैन । दस्तावेज कार्यकर्ताको आर्थिक समस्या समाधान गर्न र कार्यकर्ता व्यवस्थापन गर्न मात्रै अघि सारिएको प्रतीत हुन्छ ।

दस्ताबेजमा के छ ?

दस्तावेजमा प्रचण्डले तीन प्रकारको उत्पादन तथा निर्माण अभियानको नेतृत्व गर्ने प्रस्ताव गर्नुभएको छ । बैठकमा माओवादी अध्यक्ष एवं उत्पादन, निर्माण र व्यवस्थापन सम्वन्धी कार्ययोजना तयार पार्न गठित कार्यदलका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेश गरेेको ६ पष्ठको कार्ययोजनामा तीनवटा मोडल प्रस्ताव गरिएको छ ।

यो पनि पढ्नुस्
प्रचण्डको प्रस्तावअनुसार पहिलो मोडल पार्टी नेतृत्वको एकल योजनामार्फत, दोस्रो, जनता र निजी क्षेत्रसँग मिलेर र तेस्रो राज्यमार्फत गरिने रहेका छन् । तीनवटै क्षेत्रमा विषयगत र क्षेत्रगत आधारमा योजनाहरु छनोट गर्ने र यसका लागि सहकारी, उत्पादन बिग्रेड र साझेदारी उत्पादनका समाधान हुने प्रस्तावमा उल्लेख छ ।

‘सामाजिक परिर्वतनका लागि उत्पादन’ नारा दिइएको यो अभियानबारे प्रस्तावमा भनिएको छ-’पार्टीको कार्यक्रम देशको कार्यक्रम हुनेछ । एकीकृत नेकपा माओवादी सर्वहारा र सबै उत्पीडित क्षेत्रका समूदायको अग्रहिस्सा भएकाले उत्पादन, आन्दोलन र अभियानको नेतृत्व गर्नेछ ।’ अभियानबाट नेपाली समाजको नयाँ यात्रा सुरु हुने दावी गरिएको प्रस्तावमा अभियान रुसी मोडलभन्दा फरक भएको जिकिर गरिएको छ ।

उत्पादन ब्रिगेडको अलग्गै संरचना

प्रचण्ड नेतृत्वको समितिको प्रस्तावमा केन्द्रदेखि स्थानीय स्तरसम्म उत्पादन, निर्माण तथा व्यवस्थापन ब्युरो/विभाग र त्यस अन्तरगतका शाखा र विशेषज्ञ समूह बनाउने उल्लेख छ । प्रस्तावअनुसार सहकारितामा आधारित, पार्टीको आफ्नै पहल र साझेदारीमा सञ्चालन गरिने उत्पादन संगठनहरुको संरचना र स्वरुप अलग अदलग बनाउने र आवश्यक निर्देशिका बनाइनेछ । प्रस्तावमा मझौला तथा ठूला परियोजनाहरुका लागि उत्पादन तथा निर्माणका अन्य विशिष्ट संगठनहरु उत्पादन तथा निर्माण ब्रिगेड बनाउने उल्लेख छ ।

कार्यक्रम ठोस छैन

प्रस्तावमा ८ बुँदे उत्पादनको कार्यक्रम प्रस्ताव गरिएको छ, तर, प्रस्तावमा कार्यक्रमको ठोस मिति भने छैन । प्रस्तावमा पार्टीको पहलमा सबै निर्वाचन क्षेत्रमा एक-एक वटा उत्पादन तथा निर्माणको योजना सञ्चालन गर्ने, एक गाउँ, एक उत्पादन तथा निर्माणको योजना लागू गर्ने रहेका छन् ।

यस्तै सम्भावित उत्पादन तथा निर्माण योजनाहरुको पहिचानका लागि केन्द्र तथा राज्यहरुमा विषयगत विशेषज्ञ समूह गठन गर्ने, अभियानमा सहभागी सबैलाई विशेष पहिल गर्ने, उत्पादन ब्युरोको प्रचार गर्ने र सबै राज्य, जिल्ला, गाउँ कमिटीका पदाधिकारीरुरुसहित उत्पादन र निर्माण क्षेत्रमा काम गर्ने अगुवाहरुलाई विषयगत र राजनीतिक तालिम दिने छन् ।

एमाओवादीले उत्पादन र निर्माण अभियानलाई पार्टी संगठनलाई उत्पादनमा केन्दि्रत गर्दै श्रम, मेहनत र उत्पादनको नयाँ सस्कृतिमार्फत रुपान्तरित गर्ने र कार्यकर्ता व्यवस्थापन गर्ने योजना बनाएको छ । जसमा देशमा उद्यमशीलता र व्यवसायिकताको विकास र विशिष्टीकरणका लागि साना ठूला उद्यमी र व्यवसायीलाई समेत उत्पादन संघर्षमा सहभागी गराउने माओवादीले बताएको छ ।

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete