Pages

Ads 468x60px

click here

Wednesday, June 12, 2013

क्यान्सरः कारण र रोकथाम


सरिरमा भएका कोषहरु अनियन्त्रित रुपमा वृद्धी हुनु र ती कोषहरु सरिरका अन्य भागमा पनि फैलनु नै क्यान्सर हो । क्यान्सर एकल रोग होइन , करीब २ सय प्रकारका क्यान्सरहरु विश्वव्यापी रुपमा देखापरेका छन् ।

health_pic_mm1विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने गर्छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी डब्लु एच ओ ले यसअघि नै दिइसकेको छ । अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेगर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोग पछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ ।
अमेरिकामा प्रतिवर्ष करीब ७५ विलियन डलर क्यान्सरको अनुसन्धानमा खर्च हुने गर्छ र विश्वव्यापी रुपमा खरबौ डलर क्यान्सरको उपचार र अनुसन्धानमा अर्च हुने गर्छ । तर पनि क्यान्सर विरुद्ध उल्लेखनिय उपलब्धी भने हासिल हुन सकेको छैन , यसको मूल कारण भनेको नै क्यान्सर संबन्धी जनचेतना अभिवृद्धीमा ध्यान नपुराउनु नै हो ।
क्यान्सर न त सरुवा रोग नै हो , न त यो कुनै जीवाणुको संक्रमण बाट लाग्छ । सरिरमा भएका कोषहरु विभिन्न कारणले अनियन्त्रित रुपमा विभाजन हुन गएपछि ट्युमर हरु बन्दछन् जसलाई क्यान्सर भनिन्छ । सामान्य अवस्थामा काम गरिरहेका सरिरका कोषहरुलाई अनियन्त्रित रुपमा वृद्धी गराउन उत्प्रेरकको भूमिका खेल्ने तत्वहरुलाई कार्सिनोजेन भनिन्छ । तिनै कार्सिनोजेनको कारणबाट सरिरका कोषहरु अनियन्त्रित रुपमा वृद्धी र विभाजन हुन थाल्छन् ।
कार्सिनोजेनहरु के के हुन् ?
क . सुर्तिजन्य पदार्थहरु
ख. आर्सेनिक , निकेल , जस्ता पदार्थहरु
ग . अल्ट्रा भायोलेट विकिरण
घ वातावरणिय ग्यास तथा ठोस प्रदुषकहरु
ङ. छालामा निरन्तर घाउ चोटपटक र अन्य संक्रमण

होसियार बनौ कतै क्यान्सर त भएन ?
१ .स्तनमा कडा गिर्खा फेला परेमा
२ . लामो समयसम्म खोकी लागिरहेमा र खोकीमा रगत देखिएमा
३ . महिनावारीको समयमा धेरै रगत बगेमा
४ . लामो समय सम्म घाटी दुखेमा
५ . मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आएमा
६ . पेटमा लामो समयसम्म गडबडी भएमा
७ . अनपेक्षित रुपमा तौल घटेमा
८ . घाउ चोट पटक लामो समयसम्म निको नभएमा

समग्रमा भन्नेहो भने क्यान्सरबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनैपर्ने हुन्छ । यसबाहेक क्यान्सरबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्छ:
क. धुम्रपान र मध्यपान नगर्ने
ख. बढी तातो र बढी चिसो खाना नखाने
ग. सरीरमा लागेका घाउचोटपटकको छिटो उपचार गर्ने
घ. घाम र विकिरणको सिधा सम्पर्कमा सरीरको खाली भाग नराख्ने
उपचार
क्यान्सरको प्रारम्भिक अवस्थामा उपचार गर्यो भने निको हुन सक्छ तर ढिलो भयो भने उपचार कठिन हुन्छ र व्यक्तिको मृत्यु हुन जान्छ ।
क्यान्सरको उपचार कसरी गरिन्छ त ?
१रेडियोलोजी विधिद्धारा , विभिन्न विकिरणको प्रयोग गरी क्यान्सरजन्य कोष हटाउने
२ सर्जिकल अपरेसन द्धारा ट्युमरहरु हटाउने
३विभिन्न औषधीको प्रयोगद्धारा क्यान्सरजन्य अङ्गको उपचार गर्ने र क्यान्सरको बृद्धी रोक्ने

नेपालको सन्दर्भमा क्यान्सर
नेपालमा क्यान्सरबाट प्रत्येक वर्ष २० हजार भन्दा बढीको मृत्यु हुने गरेको छ । एक तथ्यांक अनुसार ५० हजार भन्दा बढी व्यक्ति नेपालमा क्यान्सरबाट पिडित रहेका छन् । विभिन्न कारणले मानिसहरु दिनादुदिन क्यान्सरबाट पिडित हुने र ज्यान गुमाउने नियति भोग्न बाध्य छन् । तर क्यान्सर रोगको यो भयानकता विद्यमान हुदाहुदै पनि नेपालमा यो रोगप्रति सरकारको गम्भिरता भने देखिएको छैन । नेपालमा क्यान्सर रोगीको यकिन तथ्यांक सार्वजनिक गर्न समेत सरकार उदासिन देखिएकोे छ । नेपालमा मुख्यत महिलाहरुमा पाठेघर , स्तन तथा पुरुषहरुमा छाला , फोक्सो तथा आन्द्राको क्यान्सर बढि रहेको बताइन्छ ।
मानिसहरुमा क्यान्सरको बारेमा जनचेतनाको अभावले क्यान्सर रोग बोकेर बस्न र अकालमै ज्यान गुमाउन बाध्य छन् । यदि क्यान्सरको बारेमा चेतना हुनेहो भने एकातर्फ क्यान्सर लाग्न नदिन व्यक्ति सचेत हुन्छ , अर्कोतर्फ क्यान्सरको प्रारम्भिक अवस्थामै उपचार गरी अकालमा ज्यान गुमाउन पर्दैन । क्यान्सरका रोगीहरु सुगम देखि दुर्गम ठाउमा व्याप्त छन् तर क्यान्सरको उपचार भने त्यति सुलभ छैन ।
निष्कर्षमा के भन्न सकिन्छ भने क्यान्सरबाट बच्न सबै व्यक्ति सचेत हुनुपर्छ । स्वस्थ र सन्तुलित र प्राकृतिक भोजन गर्नुपर्छ । र क्यान्सरका लक्षण देखिएमा स्वास्थ्य संस्थामा जचाएर उपचार गरी अकालमा मृत्यु वरण गर्न बाट जोगिनुपर्छ ।
एजेन्सीको सहयोगमा कुलचन्द्र अर्यालले तयार पारेको रिपोर्ट

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete