Pages

Ads 468x60px

click here

Wednesday, June 12, 2013

सरकारी स्कुलका ७२ प्रतिशत फेल, ६५ अर्ब पानीमा

३० जेठ, काठमाण्डौं । यस बर्ष सामुदायिक विद्यालयबाट एसएलसी परीक्षामा सहभागी भएका मध्ये ७२.०३ प्रतिशत विद्यार्थी फेल भएका छन् । एसएलसी नतिजको कुल उर्त्तीणांक प्रतिशतमा गिरावट आएसँगै सामुदायिक विद्यालयतर्फ २७.९७ प्रतिशत विद्यार्थी मात्र पास भएका हुन् ।
गत बर्ष सामुदायिक विद्यालयबाट पास हुने विद्यार्थीको प्रतिशत ३६ थियो । निजी विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीको उर्त्तीण प्रतिशत भने सामान्यमात्र घटेको छ । निजी विद्यालयतर्फ ८६.६८ प्रतिशत विद्यार्थी पास भएका छन् । गत बर्ष निजी विद्यालयबाट ८९ प्रतिशत विद्यार्थी पास भएका थिए ।
यस बर्ष एसएलसीमा कुल ४१.५७ प्रतिशत विद्यार्थी उर्त्तीर्ण भएका हुन् । गत बर्षका् तुलनामा यो ५.५९ प्रतिशतले कमी रहेको अन्नपूर्ण पोष्टमा खबर छ । सामुदायिक विद्यालयबाट यस बर्ष तीन लाख १० हजार तीनसय ३८ जना परीक्षार्थी थिए । जसमध्ये ८६ हजार आठसय पाँच जनामात्र उत्तीर्ण भए । निजी विद्यालयबाट परीक्षामा सहभागी ९३ हजार पाँचसय ९८ मध्ये ८१ हजार एक सय ३० जना उर्त्तीण भए ।
६५ अर्ब पानीमा
सरकारले विद्यालय तहको शिक्षामा बाषिर्क ६५ अर्ब रुपैयाँ लगानी गर्दै आए पनि प्रतिफल भने सोअनुरुप प्राप्त हुन सकिरहेको छैन् । पछिल्लो समयमा एसएलसी परीक्षाको उर्त्तीण दर घटेपछि झनै शिक्षामा गरिँदै आएको लगानीबारे प्रश्नचिह्न खडा भएको  छ ।
मंगलबार प्रकाशित २०६९ सालको एसएलसी परीक्षामा ४१ दशमलव ५७ प्रतिशत उत्तीर्ण भए पनि त्यसमा ठूलो हिस्सा निजी विद्यालयको छ । लगानीअनुरूपको प्रतिफल आउन नसकेपछि सामुदायिक विद्यालयका नाममा सरकारले गर्ने गरेको खर्चको पुनर्मूल्यांकन हुनुपर्नेबारे बहस सुरु भएको छ ।
एसएलसी परीक्षामा सामुदायिक विद्यालयको घट्दो उत्तीर्ण दरलाई गम्भीरतापूर्वक लिँदै यथाशक्य चाँडो त्रुटि पहिल्याई अघि बढ्नुपर्ने शिक्षाविद्हरूको सुझाव छ । सामुदायिक विद्यालयका शिक्षकहरू पठनपाठनमा भन्दा राजनीतिक दलका कार्यकर्ताझैं देखिएकाले पनि शैक्षिक स्तर माथि उठ्न नसकेको उनीहरूको ठम्याइ छ । शिक्षामा विनियोजन हुने कुल बजेटमध्ये ८५ प्रतिशत विद्यालय तहमै खर्च हुने गरेको छ । ‘१० वर्षमा साढे ५ खर्ब लगानी भएको छ,’ शिक्षाविद् डा. मनप्रसाद वाग्ले भन्छन्, ‘तर, लगानीअनुरूप प्रतिफल आउन सकेन, त्यसैले अब सोच्नुपर्ने बेला आएको छ ।’
२०६५ सालयताका एसएलसी परीक्षाको नतिजा केलाउने हो भने उत्तीर्ण दर झन्झन् घटिरहेको छ । २०६५ सालमा ६८ दशमलव ४७ प्रतिशत उत्तीर्ण भएकोमा त्यसपछिका वर्षमा घट्दैघट्दै २०६९ सालसम्म आइपुग्दा ४१ दशमलव ५७ मा झरेको छ । ‘यसले शिक्षामा गरिएको लगानी उचित रूपमा सदुपयोग भएको देखाएन, अब यसको खोजी सुरु गरिहाल्नुपर्छ,’ वाग्ले थप्छन्, ‘अब राष्ट्रिय शिक्षा नीति बनाएर लगानीअनुरूपको प्रतिफल खोज्नुपर्छ ।’
राजधानी

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete