Pages

Ads 468x60px

click here

Thursday, June 13, 2013

गुण्डा नाइकेलाई दिएको ऋणमा फस्दै बैंक

सात वित्तीय संस्थालाई ७ करोड तिर्न बाँकी
काठमाडौं, गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेका गुण्डा नाइकेलाई ऋण लगानी गरेका बैंक तथा वित्तीय संस्था अप्ठ्यारोमा परेका छन् । मुद्दा दायर भएका पाँचमध्ये चार जनाले विभिन्न सात वटा वित्तीय संस्थाबाट करिब ७ करोड रुपैयाँ ऋण लिएका छन् । मुद्दा दायर भएपछि सरकारले उनीहरूको सम्पत्ति रोक्का गर्दा ऋण असुली गर्न बैंकलाई अप्ठ्यारो परेको हो ।
सर्वसाधारणको निक्षेपबाट संकलन गरेको रकम विभिन्न बंैक तथा वित्तीय संस्थाले सवारी साधन र घर जग्गा खरिदका लागि गुण्डा नाइकेमाथि लगानी गरेका थिए ।
विभागले जेठ ५ मा गुण्डा नाइकेहरू गणेश लामा, दीपक मनाङे, चक्रे मिलन, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
अपराधी पृष्ठभूमि भएका उनीहरूलाई नेपाल स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट र सनराइज बैंकले ऋण दिएका थिए । ऋण दिनेमा बंैकमात्र नभई केही फाइनान्स कम्पनीसमेत छन् । वल्र्ड मर्चेन्ड बंैकिङ एन्ड फाइनान्स, सूर्यदर्शन फाइनान्स, युनाइटेड फाइनान्स र नेसनल डेभलप्मेन्ट कोअपरेटिभले उनीहरूलाई ऋण दिएका हुन् ।
विभागले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बंैकसँग सबैभन्दा धेरै ऋण लिनेमा मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामा छन् । उनले विभिन्न बैंक र फाइनान्स कम्पनीसँग ५ करोड ७३ हजार ऋण लिएका छन् ।
कन्स्ट्रक्सन कम्पनी सञ्चालन गर्न उनले सनराइज बंैकको नाममा एस्क्याभेटर र लोडर किनेका थिए । बंैकले मेलम्ची क्रसर उद्योगका लागि गाडी नै धितो हुने गरी एस्क्याभेटर र लोडर खरिद गरिदिएको थियो । बैंकले २७ लाखमा लोडर र ७१ लाखमा एस्क्याभेटर खरिद गरी लामाको नाममा रहेको सिरुवा कन्स्ट्रक्सनलाई चलाउन दिएको थियो ।
त्यस्तै,  ग्रिन प्रिन्सेस होटल सञ्चालन गर्न भन्दै लामाले युनाइटेड फाइनान्ससँग ४ करोड रकम लिएका थिए, जसमा ७० लाख तिरिसकेको विभागको आरोपपत्रमा उल्लेख छ । लामाले जग्गा किन्ने प्रयोजनका लागि वल्र्ड मर्चेन्टबाट ४० लाख लिएका थिए । बालाजुमा रहेको जग्गा धितो राखी नेसनल डेभलप्मेन्ट कोअपरेटिभबाट २५ लाख ऋण लामाको नाममा लिएको देखिएको छ ।
चक्रे मिलनले बा ४ च ८७५ नम्बरको गाडी र स्कुटर खरिद गर्ने प्रयोजनका लागि नेपाल इन्भेस्टमेन्ट बंैकबाट ऋण लिएका थिए । ३२ लाख ५० हजार पर्ने गाडी र १ लाख ६० हजार पर्र्ने स्कुटरका लागि उनले बैंकसँग ऋण लिएको देखिन्छ । उनले विभागसँगको बयानका क्रममा सवारी साधनका लागि आफूले बैंकबाट रकम लिएको र हाल किस्ता बुझाउँदै आएको बताएका छन् ।
अर्का आरोपी अभिषेकले कोटेश्वरको जग्गा धितो राखी सूर्यदर्शन फाइनान्ससँग ४० लाख रुपैयाँ लिएको आरोपपत्रमा छ । एमालेसमर्थित युवा संघका नेता पर्शुराम बस्नेतसँग अदालतले २ करोड धरौटी माग गरेपछि ग्यारेन्टी बस्न बंैकहरूले अस्वीकार गर्दा विराटनगरको जग्गा जमानत राख्न अदालतमा ल्याएका थिए । अदालतमा मुद्दा दायर भएपछि फैसला नभएसम्म उनीहरूका नाममा रहेका सबै सम्पत्ति र सवारी साधन रोक्का हुने भएपछि बंैकहरूले नियमित किस्ता र लगानी रकम कसरी असुल गर्ने भन्ने अन्योल देखिएको छ ।
लामाले २७ करोड १ लाख ६१ हजार, मनाङेले १४ करोड ७३ लाख ३१ हजार, मिलनले ७ करोड ८ लाख १७ हजार २ सय र गिरीले २ करोड ९३ लाख ४६ हजार ५ सय रुपैयाँ अवैधानिक रूपमा आर्जन गरेको देखिएकाले सोबराबरको जफत हुनुपर्ने माग विभागको छ । उनीहरूले गुण्डागर्दी, अपहरण, जबर्जस्ती चन्दा तथा फिरौती असुल, ठेक्कापट्टा, लागूऔषध कारोबारलगायत संगठित र सामाजिक अपराध सञ्चालन गरी अकुत सम्पत्ति जोडेको आरोत्रपत्रमा छ । उनीहरूले आर्जन गरेको सम्पत्ति शुद्धीकरण गर्ने मनशायले श्रीमती र आफन्तको नाममा राखेकाले सो पनि जफत हुनुपर्ने विभागको माग छ ।


ऋण र वित्तीय संस्था
व्यक्ति    संस्था    रकम
गणेश लामा    सनराइज बैंक    १ करोड ८ लाख
    नेसनल डेभलप्मेन्ट कोओपरेटिभ    २५ लाख
    वल्र्ड मर्चेन्ड बैंक एन्ड फाइनान्स    ४०  लाख
    युनाइटेड फाइनान्स    ४ करोड (७० लाख तिरेको)

अभिषेक गिरी    सूर्यदर्शन फाइनान्स    ४० लाख
दीपक मनाङे    स्ट्यान्डर्ड चार्टर्ड बैंक    ४२ लाखबराबर
चक्रे मिलन    नेपाल इन्भेस्टमेन्ट बैंक    ४३ लाख  वरावर
स्रोतः कारोबार

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete