Pages

Ads 468x60px

click here

Thursday, June 13, 2013

संस्कृत स्कुलबाट मुस्लिम छात्रको ८७.३८ प्रतिशत

तनहुँ - तनहुँको संस्कृत विद्यालयबाट एसएलसी परिक्षामा सहभागी एक मुस्लिम विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन्। दमौली स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयबाट एसएलसी परीक्षामा सहभागी महमद प्रवेज आलमले ८७ दशमलव ३८ प्रतिशत ल्याई एसएलसी परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण भएका हुन्।

सिम्बोल नम्बर ०४२१०१६ एक्स भएका आलमले अनिवार्य अंग्रेजीमा ९२, अनिवार्य नेपालीमा ८६, अनिवार्य गणितमा ८६, विज्ञानमा ८५, सामाजिक शिक्षामा ८२, संस्कृत भाषामा ९१, संस्कृत व्याकरणमा ९३ र ऐच्छिक गणितमा ८४ अंक ल्याएका छन्। बेदव्यास संस्कृत माध्यमिक विद्यालयका ८ जना परीक्षार्थी सहभागी भएकोमा आलम सहित ४ जना उत्तीर्ण भएको महर्षी बेदव्यास संस्कृत माविका प्रधानाध्यापक तुलसीशरण सिग्देलले जनकारी दिए।

दमौली बजारमा हेयर कटिङ व्यवसाय संचालन गर्दै आएका प्रवेजका बाबु महमद रमजान छोराले विशिष्ट श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेकोमा खुसी छन्। संस्कृत विद्यालयमा अध्ययनरत छोराले विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि पसलमै आई रमजानलाई बधाई दिनेको ओइरो लागेको छ। 'छोराले विशिष्ट श्रेणी ल्याएकोमा धेरैले बधाई दिए,' उनले भने, 'छोराको नतिजाबाट धेरै खुसी छौ।'

रमजानका चार वटै छोरा छोरीले महर्षी बेदव्यास संस्कृत विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन्। २०६६ मा सालमा परीक्षामा सहभागी भएकी सारा खातुनले ७८ र तरणु खातुनले ७९ प्रतिशत अंक ल्याएर एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए। २०६८ सालको परीक्षा दिएका तबरेज आलमले पनि ७९ प्रतिशत अंक ल्याएका थिए।

मेहेनतका साथ अध्ययन गरेकाले आफूले परीक्षामा राम्रो अंक हासिल गरेको प्रवेजले बताए। संस्कृत विद्यालयमा प्राय हिन्दु धर्माबलम्बीले मात्र अध्ययन गर्ने परम्परा रहिआएकोमा मुस्लिम धर्मावलम्बी रमजानले आफ्ना छोराहरुलाई संस्कृत विद्यालयमा अध्ययन गराएका थिए। 
स्रोतः नागरिक

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete