Pages

Ads 468x60px

click here

Friday, June 14, 2013

देउवाको स्वदेश आगमन, विरलै कोटीको स्वागत पाएको देउवाको कथन

काठमाडौं, ३१ जेठ। छिमेकी भारतको निमन्त्रणामा ६ दिवसीय भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका शुभेच्छुकहरुद्वारा विशेष स्वागत गरिएको छ । नेपाली काँग्रेसका सयौ कार्यकर्ता देउवालाई लिन झण्डा सहित विमानस्थल पुगेका थिए। मोटरसाइकल र गाडीहरुमा कार्यकर्ताहरु देउवालाई स्वागत गर्न २ वजेदेखि एयरपोर्टमा कुरेर बसेका थिए। देउवा चढेको प्लेन तीन वजे मात्र ल्याण्ड हुने भनिए पनि केहि ढीलो भएको थियो। उनीहरुले देउवा वाहिर जाने क्रममा नाराजुलुस समेत गरेका थिए।

नेता देउवाले आफ्नो भारत भ्रमण अत्यन्तै सफल रहेको बताए । प्रजातन्त्रको सुदृढीकरण होस भन्ने चाहना भारतीय नेताहरुबाट आफूले पाएको उल्लेख गर्दै देउवाले संविधानसभाको चुनावबाट संविधान बनोस भन्ने भारतीय चाहना पनि आफूले भेटघाटका क्रममा पाएको बताए । प्रचण्डले भनेजस्तै भाषिक संघीयताको पक्षमा भारत रहेको भन्ने कुरा आफूले नपाएको देउवाले प्रस्ट्याए । बरु नेपालीहरुले जे चाहन्छन त्यस्तै संघीयताको पक्षमा भारत रहेको आफूले पाएको उनको वुझाइ छ। आगामी संविधान सभाको चुनावको लागि सबै लजिष्टिक सपोर्ट गर्न भारत तयार रहेको भारतीय नेताहरुले आफूलाई आश्वासन दिएको उनले जनाए ।
भारतीय काँग्रेस र नेपाली काँग्रेस दुई पार्टीको सम्वन्ध अझ सुदृढ हुने सोनिया गान्धी र आफ्नो भेटमा कुरा भएको देउवाले जानकारी दिए । नेपालको विकास निर्माणको कुरा पनि आफ्नो भ्रमणको एजेण्डामा रहेको उल्लेख गर्दै उनले नीजगढ काठमाडौं फास्ट ट्रयाक रोड, महाकालीमा झोलुङगे पुल लगायतका विषयमा भारत सरकार सहयोग गर्न तयार रहेको पनि बताए ।
भारतमा नेपाली नेताहरुले पाउने विरलै सम्मान आफूले पाएको स्विकार्दै यो व्यक्तिगत भन्दा पनि राष्ट्रको सम्मान भएको देउवाको कथन थियो । भारतमा देउवाले पाएको सम्मान र स्वागतको पहिलो प्रभाव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको थियो।
भारतीय संस्थापन पक्षसँग नेपाली काँग्रेसको संस्थागत सम्वन्ध केहि कमजोर भएको भनिएकै वेला देउवाको यो उच्चस्तरीय भ्रमणले दुई देशका सम्वन्ध मात्र नभइ पार्टीगत सम्वन्धलाई पनि वलियो बनाउने काँग्रेसका नेताहरुले वताएका छन्। काँग्रेस नेता डा रामशरण महतले देउवाले पूर्वप्रधानमन्त्रीको हैसियतले दुई देशबीचको सम्बन्ध विस्तार गर्न भारत भ्रमणमा जानुभएको बताउनुभयो।

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete