Pages

Ads 468x60px

click here

Friday, June 14, 2013

यात्रुको झेलामा रक्तचन्दन फेलापरेपछि सेना सक्रिय


काठमाडौं, ३१ जेठ । धुन्चेबाट काठमाडौंका लागि प्रस्थान गर्न लागेको यात्रुवाहक बसमा एक यात्रुको झोलामा रक्तचन्दन फेला परेपछि धुन्चेस्थित नेपाली सेनाको अह्रिदमन गणले निकुञ्ज क्षेत्रमा रक्तचन्दन लुकाएको हुनसक्ने आशंकामा खोजी अभियान सुरु गरेको छ । धुन्चेबाट बिहिबार बिहान काठमाडौका लागि छुट्न लागेको बा ३ ख ५७०६ नम्बरको बसमा सवार एक यात्रुको झोलामा शंकास्पद वस्तु लुकाइराखेको सूचनाका आधारमा सर्च गरिएको बताइउको छ ।
यात्रुको झोलामा रक्तचन्दन फेला पारिएपछि स्थानीय प्रहरीका साथै नेपाली सेनाले रक्तचन्दनको खोजीमा पहलकदमी लिएको हो । रक्तचन्दन ल्याई कतै भण्डारण गरिएको र पटकपटक गरेर काठमाडौं हुँदै तातोपानी नाका कटाउने प्रयास भइरहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त आशङ्का बढेकाले शङ्कास्पद ठाउँमा खोजी थालिएको अह्रिदमन गणले जनाएको छ ।
बसभित्रबाट बरामद गरिएको दुई केजी रक्तचन्दन र सो कार्यमा संलग्न रसुवा यार्सा गाविस वडा नं १ बस्ने अन्दाजी ४३ वर्षका सोनाम साङवो थोकामाथि कानुनी कार्वाही अगाडि बढाउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवासमक्ष बुझाइएको छ ।

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete