Pages

Ads 468x60px

click here

Friday, June 14, 2013

उच्चस्तरीय राजनीतिक संयोजकको जिम्मेवारी गच्छदारको काँधमा

 काठमाडौ, ३१ जेठ । चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको संयोजकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार चयन भएका छन् । उच्चस्तरीय समितिको शुक्रबार राजधानीमा बसेको बैठकले एमाले अध्यक्ष झलनाथ खनालले सम्हाल्दै आएको संयोजकको जिम्मेवारी गच्छदारलाई दिने निर्णय गरेको हो । चक्रिय प्रणाली अनुसार समितिको नेतृत्व गर्ने यसअघिको सहमति अनुसार उनलाई संयोजक तोकिएको हो भने असार १ गतेदेखि गच्छदारले संयोजकको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि चैत महिनाभर एमाओवादी अध्यक्ष प्रचण्ड, बैशाखभर नेपाली कांग्रेसका सभापति सुशील कोइराला र जेठ महिनामा एमाले अध्यक्ष झलनाथ खनालले समितिको संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
शुक्रबारको बैठकले ४ मंसीरका लागि घोषित संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न असन्तुष्ट पक्षहरुसँग वार्ता गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच एनेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा संविधानसभा परिचालन समिति गठन गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले दाहालको नेतृत्वमा केन्द्रीय पदाधिकारी, पूर्वस्थायी, जनवर्गीय संगठनका संयोजक रहेको समिति गठन गरेको हो । सरकारले निर्वाचन मिति घोषणा गरेको भोलिपल्टै एमाओवादीले परिचालन समिति बनाएको हो ।

1 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

    ReplyDelete