मधेसी मोर्चाको आत्महत्यापछि राजेन्द्र महतो आमरण अनसनमा
तुलानारायण साह
आज
दिउँसो २ बजेदेखि काठमाण्डौको रत्नपार्क स्थित शान्तिबाटिकामा सद्भावना
पार्टीका अध्यक्ष राजेन्द्र महतो आमरण अनसनमा बस्नुभएको छ । संविधानसभा
निर्वाचनको तिथि मिति घोषणा हुनुपर्ने उहाँको मुख्य माग हो ।
संविधानसभा अवसान भएको वर्ष दिन पुग्न ठीक एक साता बाँकी छँदा महतोजी आमरण
अनसनमा बस्नु भएको हो । सबैलाई पुनः सम्झना होस्, गत जेठ १४ मा
संविधानसभाको अवसान हुँदा मधेसी मोर्चामा सम्मिलित सबै दलका
अध्यक्षहरू(तमलोपा बाहेक) मालदार मन्त्रालयका मन्त्री थिए । त्यतिबेलाका
सरकारले मंसिर ७ गते निर्वाचन गर्ने घोषणा गरेका थिए । तर, मंसिर ७ आउनु
धेरै अघि नै कमरेड प्रचण्डको अध्यक्षतामा गठित तात्कालिन सत्ताधारी दलहरूको
मोर्चामा मधेसीमोर्चा पनि सहभागी भएर निर्वाचनको मिति घोषणा नभएसम्म सत्ता
नछोड्ने उद्घोष गरेका थिए । आखिर चैत १ गते राजेन्द्र महतो र मधेसी मोर्चा
सहितको सहमतिमा खिलराज रेग्मी नेतृत्वको गैरराजनैतिक, तथाकथित स्वतन्त्र
सरकारको गठन भयो । असारमै निर्वाचनको
डिङ्ग हान्थे मधेसी नेताहरूले तर आज आएर मंसिरसम्ममा निर्वाचन गराउने तिथि
मिति सहितको प्रतिबद्धता खोज्दै राजेन्द्र महतोले आमरण अनसन थाल्नुभएको छ ।
यस अघि विभिन्न २२ जिल्लामा सद्भावनाका ८८ कार्यकर्ता तथा नेताहरू हप्तौं
आमरण अनसन बसिसकेका छन् ।
मैले आज ३ बजे उहाँलाई शान्तिबाटिकामा भेट्न
गएको थिएँ । स्वर्गीय गजेन्द्र नारायण सिंहको पार्टीको नेताको रूपमा मैले
उहाँलाई शुभकामना पनि दिएको छु । सँगै त्यतिबेला तपाईंहरूलाई तथाकथित
स्वतन्त्र, निर्दलीय सरकार गठनमा सहमति जनाउनु भनेको मधेसी मोर्चाले
आत्महत्या गर्नु सरह हुनेछ भनेको स्मरण गराउँदा उहाँ हास्नुभयो । मैले फेरी
सोधेँ, तपाईको मधेसी मोर्चा अचेल कहाँ छ ? तपाई मधेसी मोर्चामा हुनुहुन्छ
कि छाड्नुभयो ? उहाँ फेरी हाँस्दै भन्नुभयो, मलाई पनि थाहा छैन मोर्चा
जीवित छ कि मरिसक्यो । मैले उहाँलाई अझसम्म कन्फ्युजन मै रहेको पाएँ ।
मेरो मनमा खेल्यो – निर्वाचनको मिति घोषणाको लागि मधेसी नेताहरु आमरण अनसन
बस्नुपर्ने दिन आयो । निर्वाचन गराउन, निश्पक्ष परिणाम हेर्न र त्यसपछि
सङ्घीयता एवं राज्य पुनर्संरचना प्राप्त गर्न के–के गर्नुपर्ने छ, हेर्दै
जाऊँ । यति सम्झिरहँदा गत फेब्रुरीमा आफ्नो फेसबुकमा गरेको एक पोष्ट सम्झेँ
। साथीहरूको लागि फेरी सेयर गर्दैछु ।
मधेसी मोर्चाले सत्ताधारी गठबन्धनबाट न अलग्गीएका कारण आज यो दिन आएको हो ।
शासन प्रणाली र राज्य प्रणालीको संयुक्त क्रियाशिलताबाट मुलुक संचालन हुने
हो । जुनै दलको भएपनि निर्वाचन मार्फत राजनीतिज्ञहरु शासनमा पुग्ने हो ।
राजनीतिज्ञहरु शासनमा पुग्नकालागी दुईटा बाटाहरु हुन्छन् । स्थानिय
निर्वाचन र केन्द्रिय विधायीकाको निर्वाचन
। हामी कहाँ १५ बर्षदेखी स्थानिय निर्वाचन भएको छैन । गत जेठ देखी
केन्द्रिय विधायीका विहिन भएका छौँ । राजनीतिज्ञहरुको नियन्त्रणमा केवल
अहिलेका मंत्रीपरिषद छ जुन अब भंग हुदै छ रे !
राज्य प्रणाली
मुलभुतरुपमा प्रशासन, सुरक्षा निकाय, न्यायलयले चलाउने हो । त्यसका सहयोगी
अंगहरु विदेशी समुदाय, ब्यापारी बर्ग र मिडिया हुने गर्दछ । आज भोली
चर्चामा रहेको सेवानिवृत न्यायधीस र प्रशासकहरुको सरकार भनेको विद्दीमान
राज्य प्रणालीकै दाजु सरह हुनेछ । त्यसैले नेपालको शासन प्रणाली पनि राज्य
प्रणाली संचालकहरुकै दाजुहरु सरहको हातमा पर्नेछ । राजनीति गर्नेले के
गर्ने ? डेमोक्रेसीमा होईन मेरिटोक्रेसीमा मात्र यस्तो हुन्छ ।
म
मधेसी अधिकारकर्मी अवश्य हुँ तर पहिला म एक डेमोक्रेट हुँ । नेताहरुमा
झगडा हुँदैमा त्यसको विकल्प गैर नेताको हाथमा शासन सत्ता जानुहुदैन ।
त्यसकारण मंसीर ७ मा निर्वाचन गराउन नसकेपछि मधेसी मोर्चाले सत्ता छोडनु
पर्ने मेरो धारणा रहेको थियो र छ । कुनै पनि पुर्बप्रशासक वा न्यायलयका
मानिस भन्दा जो नेता भए पनि हामीले प्रधानमंत्रीमा स्वीकार गर्नु पथ्र्यो
किनभने नेतालाई जनताप्रति जवाफ देही हुनुपर्ने बाध्यता हुन्छ । त्यसो
नगरेको कारण मोर्चा आत्महत्याको बाटोमा लागेको भनेको हुँ !!!!!!!
साभार ः फेसवुक
0 comments:
Post a Comment